Logo
१० आश्विन २०८३, शनिबार
|  Sat Sep 26 2026

राष्ट्रसंघको महासभामा सहभागी भएर स्वदेश फर्किए प्रधानमन्त्री शाह


काठमाडौँ । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भई प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह स्वदेश फर्किएका छन् ।

महासभामा सहभागी हुन गत मंगलबार अमेरिका प्रस्थान गरेका शाह शनिबार स्वदेश फर्किएका हुन्।महासभामा सहभागी हुन प्रधानमन्त्री शाह गत मंगलबार साँझ अमेरिका प्रस्थान गरेका थिए । उनले ८ गते महासभालाई सम्बोधन गरेका थिए ।

महासभामा सहभागी हुने क्रममा प्रधानमन्त्री शाहले विभिन्न देशका प्रतिनिधि तथा अन्तर्राष्ट्रिय समुदायका प्रतिनिधिसँग भेटवार्तासमेत गरेका थिए ।महासभामा उनले नेपालको प्राथमिकता र अन्तर्राष्ट्रिय समुदायसँगको सहकार्यबारे धारणा राखेका थिए ।


प्रतिक्रिया दिनुहोस !
विचार