काठमाडौं । मनाङको नार्पाभूमि गाउँपालिका-५ स्थित हिमलुङ हिमालमा हिमपहिरो जाँदा १ दर्जन बेपत्ता भएका छन् ।
मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार, आइतबार बिहान हिमपहिरो गएको हो ।हिमाल आरोहणमा गएका २२ जना (९ जना पर्वत आरोही र १३ जना सहयोगी स्टाफ) मध्ये करिब १ दर्जन बेपत्ता अशंका भएको प्रहरीले जनाएको छ ।
उद्धारको लागि काठमाडौँबाट हेलिकप्टर मनाङको लागि गएको छ । के कति क्षति भयो भन्ने यकिन जानकारी प्राप्त हुन नसकेको प्रहरी सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताए ।








