Logo
१९ आश्विन २०८३, सोमबार
|  Mon Oct 5 2026

जेनजी आन्दोलनका मुद्दा फिर्तासम्बन्धी प्रतिवेदन गृह मन्त्रालय पठाउने सरकारको निर्णय


काठमाडौं । मन्त्रिपरिषदको बैठकले विभिन्न निर्णय गरेको छ । सोमबार दिउँसो बसेको बैठकले नगरपालिकाहरूमा स्वच्छ ऊर्जा, रुपान्तरणलाई प्रवद्र्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन सरकारबाट प्राप्त हुने करिब १० करोड नेपाली रुपैयाँ बराबरको अनुदान सहायता प्राप्त गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

त्यस्तै बैठकले नेपाल इन्जिनियरिङ सेवा, गठन समूह तथा श्रेणी विभाजन र नियुक्ति दोस्रो संशोधन नियमहरू २०८३ स्वीकृत गर्ने, वैकल्पिक विकास वित्त परिचालन नियमावली २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ ।

त्यस्तै बैठकले जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोजन भएका मुद्दा फिर्ता गर्न सकिने नसकिने सम्बन्धमा छानबिन गरी सिफारिस गर्न पूर्वन्यायाधीश बाबुराम रेग्मीको अध्यक्षतामा गठित समितिले पेश गरेको प्रतिवेदन आवश्यक कार्यार्थ गर्न गृह मन्त्रालयमा पठाउने र सहसचिव पद्मकुमार मैनालीलाई नेपाल इन्जिनियरिङ सेवा समूहिकरणतर्फको सचिव पदमा बढुवा गरी पूर्वाधार विकास मन्त्रालयमा पदस्थापन गर्ने बैठकले निर्णय गरेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार