राजधानीमा लगानी र विकासका लागि कानुन सुधार परामर्श कार्यशाला विषयक तीन दिने गोष्ठीको समापनमा मन्त्री लम्सालले सरोकारवाला पक्षसँगै बसेर आवश्यक नीति नियम तर्जुमा गर्ने रणनीति वर्तमान सरकारको रहेको बताए।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले निजी क्षेत्रबाट प्राप्त सुझावलाई सरकारले महत्वपूर्ण दस्तावेजको रुपमा लिएको र त्यसै अनुसार कार्यान्वयन गरिने बताए।
पूर्वाधार विकास मन्त्रालयका सहसचिव एवं निर्माण व्यवसाय प्रवद्र्धन तथा व्यवस्थापन कार्यान्वयन समितिका अध्यक्ष कृष्णराज पन्तले विज्ञहरूबाट सुझावलाई राष्ट्रिय योजना आयोगका सदस्यको संयोजकत्वमा रहेको समिति मार्फत थप परिमार्जन एवं परिष्कृत गरिने जानकारी दिए। नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्र र सरकारको सहकार्यबाट मात्रै आर्थिक समृद्धि सम्भव भएको बताए।
नेपाल निर्माण व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष रामजी पन्त ‘मुकेश’ ले वर्तमान सरकार निजी क्षेत्र मैत्री भएर प्रस्तुत भएको बताउँदै सरकारप्रति आभार व्यक्त गरे। नेपाल उद्योग परिसंघका उपाध्यक्ष हेमराज ढकालले निजी क्षेत्रले दिएको सुझाव कार्यान्वयन हुने विश्वास व्यक्त गरे।
ग ।








