Logo
२५ आश्विन २०८३, आईतवार
|  Mon Oct 12 2026

‘एक्ट्रिम म्युजिक सिरिज’ सुरु,नेपाली सङ्गीतमा नयाँ भाइब


काठमाडौं ।  नेपाली संगीत क्षेत्रमा नयाँ पुस्ताको भावना, सिर्जनशीलता र मौलिकतालाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ ‘एक्ट्रिम म्युजिक सिरिज’ सुरु भएको छ। शनिबारदेखि औपचारिक रूपमा सुरु भएको यस सिरिजले मौलिक संगीत र नवीन दृश्य प्रस्तुतिमार्फत दर्शक तथा स्रोतालाई फरक अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ।

एक्ट्रिम इनर्जी ड्रिंकको अवधारणामा आधारित यस सिरिजको व्यवस्थापन ‘आर्बिट्ररी रेकर्ड्स’ र निर्माण ‘एनएफटीपी (नर्थ फ्रम दिस प्लानेट)’ ले गरिरहेका छन्। आयोजकका अनुसार, अब प्रत्येक दुई सातामा एक नयाँ मौलिक गीत सार्वजनिक गरिनेछ। सार्वजनिक हुने गीत तथा संगीतका भिडियोहरू ‘एक्ट्रिम म्युजिक सिरिज’ को आधिकारिक युट्युब च्यानलबाट हेर्न र सुन्न सकिनेछ।

पहिलो सिजनमा यावेश, एसटीमयान, भेक, व्योमा, ब्लुज, बिजेन, फोकटोनिक्स, डोड र क्रिजेन गरी नौ जना कलाकार सहभागी हुनेछन्। प्रत्येक कलाकारले आफ्नो छुट्टै संगीत शैली र सिर्जनात्मक पहिचानमार्फत सिरिजलाई थप रोमाञ्चक बनाउने अपेक्षा गरिएको छ।

परम्परागत शैलीभन्दा फरक रहेर नयाँ संगीत प्रयोग, सिर्जनात्मक सहकार्य र स्वतन्त्र अभिव्यक्तिलाई प्रोत्साहन गर्ने उद्देश्यले यो पहल गरिएको हो। एक्स्ट्रिम इनर्जी ड्रिंकले यस सिरिजमार्फत नेपाली सङ्गीत क्षेत्रका प्रतिभालाई उजागर गर्दै स्थानीय सङ्गीत संस्कृतिको प्रवद्र्धनमा योगदान पु-याउने अपेक्षा गरेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार