Logo
२६ आश्विन २०८३, सोमबार
|  Tue Oct 13 2026

प्रहरीको नेतृत्व आदेशमा नभई उदाहरणमा देखिनुपर्छ: आईजीपी कार्की


काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जनता प्रतिको कर्तव्य पूरा गर्ने जिम्मेवारी पाएका राष्ट्रसेवक प्रहरीले पदीय दुरुपयोग गर्न नहुने बताएका छन् ।

राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगञ्जमा सोमबार आयोजित प्रहरी निरीक्षक आधारभूत तालिम १–१८४औँ समूहको दीक्षान्त समारोहमा सम्बोधन गर्दै यस्तो बताएका हुन् ।उनले व्यक्तिगत स्वार्थ, अनुचित प्रभाव र पदीय अधिकार दुरूपयोग गर्दा प्रहरी सङ्गठन नै बदनाम हुने हुदाँ त्यसतर्फ हेक्का राख्न आग्रह गरे । उनले प्रहरीको नेतृत्व आदेशमा नभई उदाहरणमा देखिनुपर्ने बताए ।

दीक्षित हुने प्रहरी निरीक्षकलाई बधाई तथा शुभकामना दिँदै उनले लिएको शपथलाई व्यवहारमा जनताप्रति नरमभाव राखी काम गर्न निर्देशन दिए ।प्रहरीको पोसाकले परिचय दिए जस्तै आचरणले नेपाल प्रहरीको परिचय बनाउने उनको भनाइ थियो ।

महानिरीक्षक कार्कीले तालिम समापन भए पनि प्रहरी अधिकृतका रूपमा वास्तविक परीक्षा सुरु हुने उल्लेख गरे ।उनले सेवाका क्रममा भय, प्रलोभन, माया र द्वेषभावबाट मुक्त भई प्रस्तुत हुन निर्देशन दिँदै यो नै प्रहरी सेवाको मूल नैतिक आधार भएको बताए ।

समारोहका प्रमुख अतिथि प्रधानमन्त्री बालेन साहले सर्वोत्कृष्ट प्रशिक्षार्थी चोपबहादुर डेँगालाई कुलानन्द विद्या पुरस्कार प्रदान गरे । ।प्रशिक्षार्थीले प्रधानमन्त्रीको सम्मानमा कार्यक्षेत्र प्रवेश कवाज प्रदर्शन गरेका थिए । साथै नेपाल सङ्गीत विद्यालयद्वारा साङ्गीतिक धुन प्रस्तुत गरिएको थियो । समारोहमा ७९ जना प्रहरी निरीक्षक दीक्षित भएका थिए ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार