प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनमा रहेका न्यायाधीशहरु छलफलमा जुटेका छन्। आज सर्वोच्च अदालतका न्यायाधीशहरु छलफलमा जुटेका हुन्। प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै उनीहरु इजलास बहिष्कार गरेर आन्दोलनमा उत्रिएका थिए तर सोमबार न्यायाधीशहरु ८ दिनपछि इजलासमा फर्किन तयार भएका थिए।
प्रधानन्यायाधीश राणाले आजका लागि आफू बाहेकको इजलास गठन गरेका छन्। प्रधानन्यायाधीश राणाले आज ६ वटा इजलास तोकेका हुन्। सवै इजलासमा बन्दी प्रत्येक्षीकरणको मुद्दामा मात्र सुनुवाइ हुनेछ।
आन्दोलनरत न्यायाधीशहरुको सोमबार बसेको बैठकले आन्दोलन जारी राख्दै बन्दी प्रत्यक्षीकरणका मुद्दा हेर्ने निर्णय गरेको थियो। सर्वोच्चका २० जना न्यायाधीशमध्ये १९ जनाले जबराको राजीनामा माग गर्दै आन्दोलन गर्दै आएका छन्। उनीहरुले सर्वोच्चको विवादको निकास खोज्न छलफलमा जुटेका हुन् । यसबारे प्रधानन्यायाधीशसँग पनि परामर्श गरिने भएको छ ।





