Logo
१ कार्तिक २०८३, शनिबार
|  Sat Oct 17 2026

दसैँको ४ दिन काठमाडौंको फोहोर व्यवस्थापन प्रभावित हुने


काठमाडौं महानगरपालिकाले आगामी १–४ कात्तिकसम्म उपत्यकाको अन्तिम फोहोर व्यवस्थापनस्थल बञ्चरेडाँडामा फोहोर व्यवस्थापन कार्य प्रभावित हुने जानकारी दिएको छ ।

कामपाका अनुसार उल्लिखित दिनहरूमा दसैँको मुख्य दिन परेकाले सफाइ कर्मचारीहरू पनि पर्व मनाउन जाने हुँदा फोहोर व्यवस्थापन प्रभावित हुने जनाइएको हो ।

आगामी १–४ कात्तिकसम्म उत्पादन भएको फोहोरलाई कुहिने र नकुहिने वर्गमा वर्गीकरण गरी छुट्टाछुट्टै रूपमा राख्न पनि कामपा वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईले सबैलाई अनुरोध गरेकी छन् ।

उनले भनिन्, ‘आफ्नो घर, कार्यालय तथा व्यवसायबाट उत्पादन हुने फोहोरलाई जथाभावी रूपमा सडक र सार्वजनिक स्थानमा नफाली आफ्नै घर, कम्पाउन्डमा व्यवस्थापन गर्नुहोला ।’ उक्त मितिबाहेक अन्य दिन नियमित रूपमा फोहोर व्यवस्थापन हुने कामपाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार