Logo
४ कार्तिक २०८३, बुधबार
|  Wed Oct 21 2026

आप्रवासन नियन्त्रण गर्न सीमा बन्द नगरे युरोपको अस्तित्व संकटमा पर्ने ट्रम्पको चेतावनी


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासन नियन्त्रण गर्न सीमा बन्द नगरे र अपराधमा संलग्न व्यक्तिलाई देशबाट निष्कासन नगरे युरोपको अस्तित्व संकटमा पर्ने चेतावनी दिएका छन् ।

राष्ट्रपति ट्रम्पले फ्रान्ससहित युरोपका विभिन्न देशमा देखिएको अशान्तिको मुख्य कारण आप्रवासन भएको दाबी गरे ।उनले फ्रान्सको समस्या शिक्षा वा घरेलु नीतिसँग नभई आप्रवासनसँग सम्बन्धित रहेको बताए । उनले फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनलाई आफ्नो देशको सीमा बन्द गर्न आफूले वर्षौंअघि नै सुझाव दिएको उल्लेख गरे ।

उनले आफ्नो देशको संस्कृति, कला र सम्पत्तिप्रति सम्मान नराख्ने मानिसलाई प्रवेश दिँदा फ्रान्सले समस्या भोगिरहेको दाबी गरे ।ट्रम्पले पेरिसको जनसाङ्ख्यिक संरचनामा परिवर्तन आउने उल्लेख गर्दै म्याक्रोनलाई सीमा नीतिबारे आफूले पटकपटक सचेत गराएको बताए । अमेरिकाले आफ्नो सीमा बन्द गरेको तर फ्रान्सले त्यसो नगरेको उनको भनाइ थियो ।

फ्रान्सले ऊर्जा क्षेत्रमा पनि केही समस्या भोगिरहेको उल्लेख गर्दै उनले अन्य देशको तुलनामा त्यहाँको अवस्था राम्रो रहेको दाबी गरे ।युरोपको भविष्यबारे सोधिएको प्रश्नमा ट्रम्पले सीमा नियन्त्रण र आपराधिक गतिविधिमा संलग्न व्यक्तिको निष्कासनलाई प्राथमिकता दिनुपर्ने बताए ।


प्रतिक्रिया दिनुहोस !
विचार