काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । पत्नी निकितासहित उनी शुक्रबार बिहान भारत प्रस्थान गरेका हुन् । उनी काठमाडौँबाट धनगढी हुँदै भारत प्रस्थान गरेका हुन ।
लामिछानेको निजीसचिवालयले यो भ्रमणलाई निजी तथा पारिवारिक तीर्थाटन भएको बताएको छ । भ्रमणका क्रममा उनले भारतको उत्तराखण्डस्थित नैनीतालमा रहेको कैँची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा सपरिवार पूजाअर्चना गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ।








