Logo
८ कार्तिक २०८३, आईतवार
|  Sun Oct 25 2026

सुनको मूल्य प्रतितोला ११ हजार ७ सय रुपैयाँले घट्यो


काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको मूल्य प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ७८ हजार ५ सय रुपैयाँ कायम भएको छ । शनिबार छापावाल सुन प्रतितोला २ लाख ९० हजार २ सय रुपैयाँ थियो ।

त्यस्तै, आज चाँदीको मूल्य ३ हजार ९५५ रुपैयाँ कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसँगै नेपाली बजारमा दसैंपछि सुनको मूल्य उच्च दरले घटेको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार