नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) का विजेताहरूका लागि पुरस्कार राशि घोषणा गरेको छ । क्यानका अनुसार उपाधि विजेताले १ करोड ५० लाख रुपैयाँ पुरस्कार पाउनेछ ।
क्यानले प्रतियोगिताका लागि पुरस्कार राशि सार्वजनिक गर्दै विजेतादेखि तेस्रो स्थानसम्मका टोलीले पाउने रकमको टुंगो लगाएको हो ।
आइतबार आयोजित पत्रकार सम्मेलनमा क्यानका कोषाध्यक्ष पदमबहादुर खड्काले पुरस्कार राशिबारे जानकारी दिएका हुन् ।
यस्तै, प्रतियोगिताको उपविजेता टोलीले ८० लाख रुपैयाँ प्राप्त गर्नेछ भने तेस्रो स्थान हासिल गर्ने टोलीले ४० लाख रुपैयाँ पुरस्कार पाउनेछ ।








