Logo
९ कार्तिक २०८३, सोमबार
|  Mon Oct 26 2026

एक्स्ट्रीमका १० फ्यान जोनमा निःशुल्क एनपीएल हेर्न पाइने,प्रवेश निःशुल्क


काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को खेल हेर्न मैदानमै पुग्न नसक्ने क्रिकेटप्रेमीले अब आफ्नै सहरमा ठूलो स्क्रिनबाट प्रत्यक्ष प्रसारण हेर्न पाउने भएका छन्। एक्स्ट्रीम इनर्जी ड्रिङ्कले देशका विभिन्न स्थानमा निःशुल्क प्रवेशसहितका १० फ्यान जोन सञ्चालन गर्ने घोषणा गरेको छ।

कात्तिक ९ गतेदेखि मंसिर ५ गतेसम्म आयोजना हुने एनपीएलका खेल यी फ्यान जोनमा राखिने ठूला एलईडी स्क्रिनमार्फत प्रत्यक्ष प्रसारण गरिनेछन् । फ्यान जोनमा प्रवेश पूर्ण रूपमा निःशुल्क हुनेछ । यसले क्रिकेटप्रेमीलाई साथीभाइसँगै बसेर खेलको मजा लिन, मनपर्ने टिमको समर्थनमा हुटिङ गर्न र प्रतियोगिताको उत्साह सामूहिक रूपमा साटासाट गर्ने अवसर दिनेछ ।

उपत्यकामा काठमाडौंको सिफल मैदान, कीर्तिपुरको माइक्रो पार्क र त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानको दुई नम्बर गेटअगाडिको मैदानमा फ्यान जोन रहने विज्ञप्तिमा उल्लेख छ।

उपत्यकाबाहिर विराटनगरको पुरानो गुद्री मैदान, जनकपुरको बाह्रबिघा चौर, चितवनको वीरेन्द्र बहुमुखी क्याम्पसको डिग्री कलेज परिसर, पोखराको मालेपाटन चौर र बुटवलको सिद्धेश्वरी ग्राउन्डमा प्रत्यक्ष प्रसारण हेर्ने व्यवस्था गरिनेछ। यस्तै, सुर्खेतको घण्टाघर डबली र धनगढीको कभर्ड हल क्षेत्रमा पनि फ्यान जोन सञ्चालन हुनेछन्।

फ्यान जोनमा क्रिकेटको प्रत्यक्ष प्रसारणसँगै सांगीतिक प्रस्तुति र विभिन्न मनोरञ्जनात्मक गतिविधि पनि आयोजना गरिने कम्पनीले जनाएको छ। दर्शकले खेलकुद गतिविधिमा सहभागी हुन तथा उपहार कार्यक्रममार्फत आकर्षक उपहार प्राप्त गर्ने अवसरसमेत पाउनेछन्।


प्रतिक्रिया दिनुहोस !
विचार