Logo
२४ कार्तिक २०८३, मंगलवार
|  Tue Nov 10 2026

एनपीएलमा चितवनलाई १० रनले पराजित गर्दै काठमाडौँ शीर्षस्थानमा


काठमाडौँ ।  नेपाल प्रिमियर लिग (एनपीएल) मा  चितवन राइनोजलाई १० रनले पराजित गर्दै  काठमाडौँ गोर्खाज अंकतालिकाको शीर्षस्थानमा उक्लिएको छ ।

सोमबार त्रिवि क्रिकेट मैदानमा  काठमाडौँले दिएको १८१ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७० रन मात्र बनाउन सक्यो ।

चितवनका रवि बोपाराले सर्वाधिक ५५ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन् । त्यसअघि पहिले ब्याटिङ गरेको  काठमाडौँले ८ विकेट गुमाएर १८० रन बनाएको थियो । यो जितसँगै पाँच खेलबाट आठ अंक जोडेको  काठमाडौँ शीर्ष स्थानमा पुगेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार