काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको भाइटीका लगाएका छन् । राष्ट्रपति पौडेलले बुधबार बिहान शुभसाइतमा बहिनी शारदा पण्डितको हातबाट विधिपूर्वक भाइटीका लगाएका हुन् ।
राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा बिहान ११ बजेर ७ मिनेटको शुभसाइतमा बहिनी पण्डितले राष्ट्रपति पौडेललाई सप्तरङ्गी टीका लगाइदिएकी हुन् ।








