Logo
२८ कार्तिक २०८३, शनिबार
|  Sat Nov 14 2026

चितवन राइनोजको तेस्रो जित, जनकपुर ४ विकेटले पराजित


काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले तेस्रो जित हासिल गरेको छ । शुक्रबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै चितवनले प्लेअफ सम्भावना जीवित राखेको छ ।

जनकपुरले दिएको ८९ रनको सामान्य लक्ष्य चितवनले १७.२ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । चितवनको जितमा डेविड मलानले सर्वाधिक ३५ रन बनाए। त्यस्तै, सर्वाधिक मल्लले १५, रवि बोपाराले १३ र कमिल मिश्राले १२ रनको योगदान दिए ।

जनकपुरका लागि राहुल यादवले उत्कृष्ट बलिङ गरे । उनले तीन विकेट लिए पनि टोलीलाई जित दिलाउन सकेनन् । त्यस्तै, ललित राजवंशीले दुई तथा विशाल सुश्लिङले एक विकेट हात पारे । त्यसअघि पहिले ब्याटिङ गरेको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८८ रन बनाएको थियो ।


प्रतिक्रिया दिनुहोस !
विचार