Logo
१० मंसिर २०८३, बिहीबार
|  Thu Nov 26 2026

विदेशमा रहेका नेपालीलाई आगामी निर्वाचनबाटै मतदानको अधिकार दिन आयोगसँग महरको माग


धनगढी । नेपाली कांग्रेसका नेता नैनसिंह महरले विदेशमा रहेका नेपाली नागरिकलाई आगामी निर्वाचनबाटै मतदान गर्न पाउने व्यवस्था सुनिश्चित गर्न सरकार र निर्वाचन आयोगसँग माग गरेका छन् ।

बिहीबार धनगढीमा सञ्चारकर्मीसँग कुरा गर्दै महरले रेमिटेन्समार्फत नेपालको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याइरहेका नेपालीलाई राजनीतिक अधिकारबाट वञ्चित गर्नु अन्यायपूर्ण भएको बताए ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा मात्रै ७ खर्ब ३ अर्ब रुपैयाँ रेमिटेन्स भित्रिएको छ । यसले नेपालको विदेशी मुद्रा सञ्चिति, उपभोग, रोजगारी र समग्र आर्थिक स्थायित्वमा महत्वपूर्ण भूमिका खेलेको छ ।

महरले आर्थिक योगदान गर्ने नागरिकलाई राजनीतिक निर्णय प्रक्रियाबाट बाहिर राख्नु राजनीतिक अर्थशास्त्रको दृष्टिले पनि असमानता भएको उल्लेख गरे ।उनले विदेशस्थित नेपाली दूतावासमार्फत मतदान केन्द्र स्थापना, सुरक्षित वैकल्पिक मतदान प्रणाली, मतदाता दर्ता तथा श्रमिकको सुरक्षा, कानुनी सहायता र सामाजिक सुरक्षाको प्रभावकारी व्यवस्था गर्न सरकारसँग आग्रह गरे ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार