भारतको छत्तीसगढमा एक जवानले चलाएको गोली लागि चार जनाको मृत्यु भएको छ। छत्तीसगढको सुकमा जिल्लामा एक सीआरपीएफ क्याम्पमा एक जवानले गोली चलाउँदा अन्य चार जवाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
यो क्याम्प मरईगुडा प्रहरी स्टेसनमा पर्छ जहाँ एक जवानले क्याम्पमा गोली चलाएका थिए।
जवानले गोली चलाउनुको कारण बारे थाहा हुन नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





