Logo
२ श्रावण २०८३, शनिबार
|  Sat Jul 18 2026

देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता, के भयो कुराकानी ?


प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा समसामयिक वर्तमान अवस्थाको बारेमा छलफल भएको जनाइएको छ।

नेता त्रयको छलफलले सत्ता गठबन्धनको बैठक बोलाउने निर्णयसमेत गरेको छ। गठबन्धन दलको बैठक ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ।

प्रधानन्यायाधीश प्रकरणमा दलहरु मौन रहेको आरोप लगिरहेको समयमा गठबन्धनको बैठक बस्न लागेको हो। बैठकले न्यायालयको विवादबारे धारण सार्वजनिक गर्ने बताइएको छ ।

यसअघि नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले दलहरुको गठबन्धन शीर्ष नेताको गठबन्धन जस्तो भएको आरोप लगाएका थिए ।


प्रतिक्रिया दिनुहोस !
विचार