Logo
१ श्रावण २०८३, शुक्रबार
|  Fri Jul 17 2026

गोलाप्रथाबारे निर्णय गर्न फुलकोर्ट बस्दै, नेपाल बारले आज मार्चपास गर्दै


सर्वोच्च अदालतमा आज फूलकोर्ट बस्दैछ। बुधबार बसेको असन्तुष्ट न्यायाधीशहरुको बैठकले बिहीबार फुलकोर्ट बोलाउने र मंसिर १५ गतेदेखि गोलाप्रथा लागू गर्ने निर्णय गरेका हुन्। अघिल्लो साता फूलकोर्टले सर्वोच्च अदालत नियमावलीमा संशोधन गर्दै निर्देशिका पास गरेको थियो।

राजपत्रमा प्रकाशित भएको संशोधित नियमावलीमा फुलकोर्ट बसेर मिति तोक्ने भनेकाले उनीहरुले सामूहिक बैठकबाट यस्तो निर्णय गरेका हुन्। मंसिर १५ गतेदेखि नै गोलाप्रथा लागू गर्ने निर्णय गर्न फूलकोर्ट बस्न लागेको जनाइएको छ। गोला प्रक्रियाद्वारा इजलास गठनका लागि प्रशासनिक र प्राविधिक तयारी भने पूरा भइसकेको छ।

उक्त नियमावलीमा सर्वोच्च अदालत नियमावली २०७४ लाई संशोधन गर्दै पेसी तोक्ने व्यवस्था प्रधानन्यायाधीशले नभएर ‘पेसी व्यवस्थापन निर्देशन समिति’ले गर्ने व्यवस्था गरिएको छ ।

यता नेपाल बारले आज प्रधानन्यायाधीशको विरोधमा सर्वोच्च अदालतबाट बालुवाटारसम्म मार्चपास गर्ने भएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार