Logo
१६ जेष्ठ २०८३, शनिबार
|  Sun May 31 2026

राप्रपा महाधिवेशनः अध्यक्षमा लिङ्देन र महामन्त्रीमा धवलशमशेरको उम्मेदवारी


राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देनले प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन्। उनको प्यानलबाट महामन्त्रीमा धवलशमशेर राणाको उम्मेदवारी घोषणा गरिएकाे छ ।

अध्यक्षमा उम्मेदवारी दिन लागेका लिङ्देन प्रदेशमा बलियो मानिन्छन् । सात प्रदेशमध्ये तीनमा लिङ्देन समूहबाट अध्यक्षमा निर्वाचित भएका छन् भने दुईवटा प्रदेशमा कमल थापा र एक प्रदेशमा पशुपतिशमशेर राणा पक्षधर अध्यक्षमा निर्वाचित हुँदा र लुम्बिनी प्रदेशका अध्यक्ष प्रदीप उदय कुन समूहका हुन् भन्ने खुलिसकेको छैन ।

लिङ्देन पक्षधरले प्रदेश २, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश अध्यक्षमा निर्वाचित भएका छन् । प्रदेश १ र बाग्मती प्रदेशमा कमल थापा समूहबाट अध्यक्षमा निर्वाचित हुँदा कर्णाली प्रदेशमा पशुपति पक्षधर अध्यक्षमा निर्वाचित भएका हुन् ।

पछिल्लो समय थापा, राणा र प्रकाशचन्द्र लोहनीप्रति असन्तुष्ट युवा समूहले लिङ्देनलाई समर्थन जनाएका छन् । राप्रपाको महाधिवेशन १५–१७ मंसिरमा हुँदै छ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार