नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा जिल्ला अधिवेशन हुँदैछ । काठमाडौंसहित ४२ जिल्लामा आजदेखि जिल्ला अधिवेशन सुरू हुँदै छ । अधिकांश जिल्लामा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबीच प्रतिस्पर्धा हुने छ।
काठमाडौंलगायत केही जिल्लामा भने सभापति देउवा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षको संयुक्त प्यानल बनेको छ । काठमाडौंमा नेता प्रकाशमान सिंह र केन्द्रीय सदस्य गगन थापा पक्षले संयुक्त प्यानल र देउवा–सिटौलाको प्यानलले प्रतिस्पर्धा गर्ने छन् ।
एमाले महाधिवेशनको कारण चितवनको अधिवेशन भने स्थगित गरिएको छ । कांग्रेसले केन्द्रीय महाधिवेशन मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा गर्ने तयारी गरेको छ।





