Logo
१६ जेष्ठ २०८३, शनिबार
|  Sat May 30 2026

सहमतिमै नयाँ कार्यसमिति घोषणा हुन्छ : योगेश भट्टराई


नेकपा एमालेका सचिव योगेश भट्टराईले पदाधिकारी र केन्द्रीय सदस्यहरुको नाम सहमतिबाटै घोषणा हुने बताएका छन्। चितवनमा जारी १०औं राष्ट्रिय महाधिवेशनमा सञ्‍चारकर्मीहरुसँग कुरा गर्दै उनले हिजोको बन्दसत्रको हलले अध्यक्ष केपी शर्मा ओलीलाई नाम प्रस्ताव गर्ने अधिकार दिएकाले त्यहीअनुसार हुने बताएका हुन्।

अध्यक्ष ओलीले अरु आकांक्षीसँग कुरा गर्नुहोला पार्टीमा संवादहीनताको अवस्था रहन दिनुहुन्न भन्नुभएको छ। अध्यक्षलाई अरुले सहयोग गर्नुपर्‍यो अरुलाई अध्यक्षले सहयोग गर्ने हो। आफूहरुले अध्यक्षलाई पनि सबैलाई सहमतिमा लैजान सुझाव दिएको उनले बताए। अध्यक्षले जिम्मेवारी आफैंले लिएकाले उहाँले सबैसँग संवाद गर्नुहोला भन्ने लागेको छ । जबजले पनि यही भन्छ मलाई सर्वसम्मत हुन्छ भन्ने लाग्छ। हिजो २२ सय प्रतिनिधिले यही म्याण्डेट दिएका हुन्।

अध्यक्षमै निर्वाचन हुने अवस्था आएमा के हुन्छ ? भन्ने प्रश्नमा उनले उम्मेदवारी परेमा होला भन्दै टारे। उनले ध्वनी मतका आधारमा निर्वाचन गर्ने विषयमा सोधिएको प्रश्नमा यो सम्भावनाबारे जानकारी नभएको बताए।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार