Logo
१६ जेष्ठ २०८३, शनिबार
|  Sat May 30 2026

साताको पहिलो दिन शेयर बजार राताम्मे


साताको पहिलो दिन आइतबार शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । आइतबार बजार खुल्नासाथ ओरालो लागेको बजार ३ बजे कारोबार बन्द हुँदासम्म लगातार घट्यो । कारोबार भएका सबै १३ उपसमूहले गुमाउँदा बजार राताम्मे बन्यो ।

आइतबार नेप्से परिसूचक ८० दशमलव २९ अंकले घटेर २६५१.४९ को बिन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १४.१५ अंकले घटेर ५०१.४५ को बिन्दुमा पुगेको छ ।

गत शुक्रबार राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति समीक्षा गर्दा शेयर कर्जामा निर्धारण गरिएको सीमा परिवर्तन नगरेपछि आइतबार शेयर बजारमा त्यसको नकरात्मक असर परेको हो । यसअघि कर्जासम्बन्धी सो सीमा समीक्षामार्फत परिवर्तन गर्ने हुने आशामा लगानीकर्ताहरु थिए । तर, राष्ट्र बैंकले ४ करोडभन्दा धेरै ऋण लिन नपाइने सीमा परिवर्तन गरेन ।


प्रतिक्रिया दिनुहोस !
विचार