Logo
१ श्रावण २०८३, शुक्रबार
|  Fri Jul 17 2026

प्रधानन्यायाधीशको राजीनामा निकास होइन विनास हो भन्दै आज पनि बानेश्वरमा प्रदर्शन


प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा निकास होइन विनास हो भन्दै राष्ट्रिय स्वतन्त्र कानून व्यवसायीहरुको अभियानले काठमाडौँमा आज पनि प्रदर्शन गरेको छ । बानेश्वरको एभरेष्ट होटल अगाडि केहि दिनदेखि निरन्तर प्रर्दशन गर्दै आएको अभियानले आज पनि त्यसलाई निरन्तरता दिएको हो ।
कार्यक्रममा बोल्दै अभियानका संयोजक अधिवक्ता त्रिलोक बहादुर चन्दले गल्ती गर्ने जो कोहीलाई पनि कानून बमोजिम कारबाहि हुनुपर्ने आफुहरुको माग रहेको बताए । त्यस्तै २० औँ वर्षदेखि नेपाली जनतालाई बन्धक बनाएको कुरा सर्वोच्चको गेट बन्द गर्दा प्रष्ट भएको बताउँदै उनले प्रधानन्यायाधीशले घुस खाएको भन्ने आरोपमा सत्यता छ भने घुस खुवाउनेहरु पनि कारबाहीको भागीदार हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा सहभागीहरुले नाराबाजी गर्दै न्यायालयमा भइरहेका पछिल्ला गतिविधिलाई दोहोरीका रुपमा प्रस्तुत गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !
विचार