Logo
१ कार्तिक २०८३, शनिबार
|  Sat Oct 17 2026

एमाले उपाध्यक्षमा घनश्याम भुसाल पराजित, कसको कति मत ?


नेकपा (एमाले) को उपाध्यक्ष पदमा घनश्याम भुसाल पराजित भएका छन्। केन्द्रीय निर्वाचन आयोग स्रोतका अनुसार ६ जना उपाध्यक्ष चाहिनेमा भुसाल सातौं नम्बरमा परेका हुन्। उनले ७ सय २५ मत प्राप्त गरेका छन्।

उनीबाहेक सबैभन्दा बढी मत अष्टलक्ष्मी शाक्यले प्राप्त गरेको निर्वाचन आयोग स्रोतले जानकारी दियो । अष्टलक्ष्मी शाक्यले सबैभन्दा धेरै १९ सय ७६ मत प्राप्त गरी विजयी भएकी छिन्। सुरेन्द्र पाण्डे १९ सय २५, सुवास नेम्वाङ १८६५, विष्णु पौडेल १८ सय ५६, युवराज ज्ञवाली १८ सय ४२ र रामबहादुर थापा बादल १७ सय ६८ मत प्राप्त गरी उपाध्यक्षमा निर्वाचित भएका छन्।

केन्द्रीय निर्वाचन आयोगले यसको औपचारिक घोषणा गर्न बाँकी छ।


प्रतिक्रिया दिनुहोस !
विचार