Logo
२७ बैशाख २०८३, सोमबार
|  Mon May 11 2026

होमवर्क नगरेको भन्दै तिघ्रा र गालामा शिक्षकले बसाइदिए सुम्ला


झापाको एक विद्यालयमा अध्ययनरत छात्रलाइ शिक्षकले होमवर्कको बिषयलाई लिएर निर्घात कुटपिट गरेका छन् ।
विर्तामोड –५ स्थित सुनगाभा इंग्लिस बोर्डिङ स्कुलका शिक्षक विकास पोखरेलको कुटाइबाट ९ बर्षीय विद्यार्थी अविरल तिम्सिना सख्त घाइते भएका हुन् । उनको तिघ्रा , गाला लगायतमा सुम्ला बसेको छ । विद्यार्थीको शरीरभरी देखिएको सुम्ला सहितको फोटो यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
विद्यालयमा घटेको घटना पछि विद्यार्थीका अभिभावकले शिक्षकमाथि कानूनी कारबाही हुनु पर्ने माग गरेका छन् । प्रधानाध्यापक मिलन श्रेष्ठले विद्यालयमा घटेको घटनालाई स्वीकार्दै विद्यार्र्थी कुट्ने शिक्षकलाई झापाका कुनै पनि विद्यालयमा पुनः रोजगारी नमिल्ने गरी हटाइएको जानकारी दिए ।
यसैबीच विद्यालयले विद्यार्थीको उपचारमा लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने बताएको छ । विद्यार्थीको चालु शैक्षिक सत्रको कुनै पनि शुल्क समेत नलिने विद्यालय प्रशासनको भनाई छ ।


प्रतिक्रिया दिनुहोस !
विचार