Logo
१ श्रावण २०८३, शुक्रबार
|  Fri Jul 17 2026

आज बढ्यो सुन र चाँदीको मूल्य, कति पुग्यो तोलाको ?


साताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य बढेको छ । अघिल्लो दिन प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ७ सय रुपैयाँले बढेर ९२ हजार तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार ५०० रुपैयाँ कायम भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला १० रुपैयाँले बढेर एक हजार २०० रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार