Logo
१३ असार २०८३, शनिबार
|  Sat Jun 27 2026

प्रतिनिधि सभा विघटनविरूद्ध प्रदर्शन गरेका नेविसंघ नेता पक्राउ


प्रतिनिधि सभा विघटनविरूद्ध प्रदर्शन गरेका नेविसंघ नेता पक्राउ प्रतिनिधि सभा विघटनविरूद्ध प्रदर्शन गरेका नेविसंघ नेता पक्राउ

प्रतिनिधि सभा विघटनविरूद्ध प्रदर्शनमा उत्रिएका नेविसंघका नेतालाई प्रहरीले पक्राउ गरेको छ।

नेविसंघ पूर्वकेन्द्रीय सदस्य नवराज त्रिपाठीलगायतलाई आज बिहान बानेश्वरबाट प्रहरीले पक्राउ गरेको हो।

त्रिपाठीलाई विनाशर्त रिहाइ गर्न नेविसंघ महामन्त्री दीपक भट्टराईले माग गरेका छन्।

सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेकोमा विरोध भइरहेको छ।

नेविसंघ अध्यक्ष राजिव ढुंगानाले युवा तथा विद्यार्थीलाई प्रतिनिधि सभा विघटनविरूद्ध प्रदर्शनमा उत्रिन निर्देशन दिएपछि देशका विभिन्न भागमा राँके जुलुस, पुतला दहनलगायत प्रदर्शन भइरहेका छन्।

निषेधाज्ञा र कोरोना महामारीबीच पनि बाध्य भएर आफूहरू प्रदर्शनमा उत्रिनुपरेको महामन्त्री भट्टराई बताउँछन्। राष्ट्रपति र प्रधानमन्त्री मिलेर गैरसंवैधानिक काम गरेको भन्दै नेविसंघ विरोधमा उत्रिएको हो।

‘सडक संघर्षबाटै प्रधानमन्त्रीबाट केपी ओलीलाई हटाउनुपर्छ। स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाएर देशैभरका साथीहरूलाई प्रदर्शन गर्न आह्वान गर्छु,’ महामन्त्री भट्टराईले भने।


प्रतिक्रिया दिनुहोस !
विचार