Logo
११ असार २०८३, बिहीबार
|  Thu Jun 25 2026

बालबालिकालाई कोरोनाविरुद्धको मोडर्ना खोप लगाउने तयारी


सरकारले १८ वर्ष मुनीका बालबालिकालाई मोडर्ना खोप लगाउने तयारी गरेको छ। अमेरिकाबाट प्राप्त कोरोनाविरुद्धको मोर्डना खोप १८ वर्ष मुनीका बालबालिकालाई लगाउने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

यही हप्ताभित्र १८ वर्ष मुनीका बालबालिकालाई खोप लगाउने सुरु गर्ने मन्त्रालयले जनाएको हो। परिवार कल्याण महाशाखाअन्तर्गत खोप शाखाका अनुसार मोडर्ना खोप १८ वर्ष मुनीका बालबालिकालाई लगाउने तयारी थालिएको छ।

पहिलो चरणमा हिमाली क्षेत्रका १५ जिल्लाका विद्यालयमा अध्ययनरत बालबालिकालाई उक्त खोप लगाइने महाशाखाले जानकारी दिएको छ। सरकारले यसअघि फाइजर खोप पनि १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई लगाएको थियो।

खोप सल्लाहकार समितिको बैठकबाट मोडर्ना खोप १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई दिने निर्णय भएको थियो। सोही अनुरुप खोप लगाउने तयारी थालिएको बताइएको छ। मोर्डना खोप एक महिनाभित्र लगाउँदा माइनस दुईदेखि आठ डिग्रीसम्ममा पनि लगाउँदा हुने भएकाले हाललाई हिमाली क्षेत्रका बालबालिकालाई दिन लागिएको महाशाखाले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार