Logo
१ श्रावण २०८३, शुक्रबार
|  Sat Jul 18 2026

नेप्से परिसूचक ३७ अंकले घट्यो, कारोबार रकममा पनि देखिएन उल्लास


साताको तेस्रो दिन शेयर कारोबार मापक नेप्से परिसूचक पुनः घटेको छ । आइतबार ७२ अंकले घटेको परिसूचक सोमबार तीव्र उतारचढाव पछि ३२ अंकले बढेको थियो । मंगलबार भने ३७ दशमलव १८ अंकले घटेर २ हजार ५ सय ८ दशमलव ९० अंकमा झरेको छ ।

मंगलबार बजार शुरु भएको केहीबेर नेप्से परिसूचक बढेको थियो । कारोबार शुरु भएको पहिलो घण्टासम्म सकारात्मक नै रहेको नेप्से परिसूचक त्यसपछि भने घट्ने क्रम शुरु भयो । अन्ततः बजार बन्द हुँदा ३७ अंकले घट्यो ।

समग्रमा बजार घटे पनि व्यापार समूहमा रहेका कम्पनीहरुको शेयर मूल्य बढेको छ । केही कम्पनीहरुको राम्रो मूल्य बढ्दा यो समूहको सबइन्डेक्स २१ दशमलव ५३ अंकले बढेको छ । म्युचुअल फण्ड पनि झिनो अंकले बढेको छ भने बाँकी सबै समूहमा रहेका अधिकांश कम्पनीहरुको शेयर मूल्य घटेको छ । धेरै गुमाउनेमा मंगलबार फाइनान्स र विकास बैंकका शेयरधनीहरु देखिएका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार