Logo
११ असार २०८३, बिहीबार
|  Thu Jun 25 2026

पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि , २ जनाको मृत्यु


पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ११ हजार ६१० वटा नमूनाको परीक्षण गर्दा ३१५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ  । त्यस्तै पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ५४५ पुगेको छ ।

त्यस्तै आज ३०४ जना संक्रमणमुक्त भएका छन् । नेपालमा हाल सक्रिय संक्रमितको संख्या ६ हजार ३५२ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै १० वर्ष मुनिका १ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ३० जना कोरोना संक्रमित थपिएका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार