भूतपूर्व शिक्षक समाजले शैक्षिक स्मारिक प्रकाशन गरेको छ । समाजको अगुवाईमा प्रकाशन भएको स्मारिकाको बिहिबार काठमाडौंको रिपोर्टस क्लबमा विमोचन गरियो । कार्यक्रममा भूतपूर्व शिक्षक तथा शिक्षक समाज आयोगमा आवद्ध अधिकारीहरुको बाक्लो उपस्थिती थियो ।
देशभर छरिएर रहेका भूतपूर्व शिक्षकहरुको ज्ञान, सिप र अनुभवहरुलाई समेटी नयाँ प्रभावकारी कार्यका लागि संगठन खोलिएको समाजकी कमला तुलाधरले बताइन । उनका अनुसार २०३६ साल देखि उठाइएको शिक्षक सम्बन्धी समस्या हालसम्म पनि समाधान गरिएको छैन ।
२०७८ साल आश्विन ७ गते बाट विधिवत रुपमा दर्ता भएको यस संस्थामा ३००० भन्दा बढि शिक्षकहरु आवद्ध छन । शिक्षक अस्पताल निर्माणका लागि प्रकृया अघि बढिसकेको भन्दै समाजले यसका अलवा शिक्षक सेवा आयोग तयारीका लागि अनलाइन कक्षा समेत सञ्चालनको तयारीमा रहेको बताएको छ ।






