Logo
२ श्रावण २०८३, शनिबार
|  Sat Jul 18 2026

एमालेको सात प्रदेशका प्रदेश इन्चार्ज तोकिए


नेकपा एमालेले सातवटै प्रदेश इन्चार्ज तोकेको छ। भक्तपुरमा दुई दिन सम्म चलेको केन्द्रीय कमिटी बैठकले इन्चार्ज तोकेका हो। प्रदेश १ को इन्चार्जमा देवराज घिमिरे चयन भएका छन्।

प्रदेश २ मा रघुवीर महासेठ, वागमतीमा काशिनाथ अधिकारी, गण्डकीमा पद्मा अर्याल, लुम्बिनीमा छबिलाल विश्वकर्मा, कर्णालीमा यमलाल कँडेल र सुदूरपश्चिममा लेखराज भट्टलाई तोकिएको छ।

आजकै बैठकले पोलिटब्युरो र स्थायी कमिटी गठन गर्नुका साथै केन्द्रीय कमिटीमा सदस्य मनोनित पनि गरेको छ।


प्रतिक्रिया दिनुहोस !
विचार