नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । मतदानका लागि समयमा नै महाधिवेशन प्रतिनिधि मतदानस्थलमा पुगे पनि मतदानमा भने ढिलाइ भइरहेको छ ।
प्रतिनिधिहरू बिहान ८ बजेदेखि नै लामबद्ध भएका छन् । उनीहरु उत्साहित भएर बिहानैदेखि लाइनमा बसे पनि समयमा नै मतदान सुरु नहुँदा निरास भएका छन् ।
बिहान ८ बजेदेखि नै सुरु हुने मतदान अझै सुरु हुन सकेको छैन । मतदानस्थलमा मत पत्र नपुगेकाले ढिलाइ भएको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । लाइनमा उभिएका मतदातासँग उम्मेदवारहरु भोट माग्न व्यस्त छन् । आजै साँझ ५ बजेसम्म मतदानको समय तोकिएपनि यो समय हेरफेर हुने देखिएको छ ।





