Logo
१६ बैशाख २०८३, बिहीबार
|  Thu Apr 30 2026

दीपकराज गिरी प्रचण्डमाथि किन खनिए ? कारण छ यस्तो


चर्चित कलाकार दीपकराज गिरी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डमाथि खनिएका छन् । शेयर बजारबारे प्रचण्डले नकारात्मक टीप्पणी गरेपछि गिरी प्र्रचण्डमाथि खरो रुपमा प्रस्तुत भएका हुन् ।
गिरीले सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै प्रचण्डको २ वटा महावाणी भनेर व्यंग्य गरेका छन् । गिरिले लेखेको स्टाटस यस्तो रहेको छ :
आज म लेख्दैछु :
१)प्रचन्ड कमरेडको पूरानो महावाणी –
बुर्जुवा शिक्षा सामन्तीहरूको शिक्षा हो !
यति भन्नाले धेरै मानिस अनपढ नै रहे र अहिले पनि पछुताइ रहेका छन् !
उहाँकै कतिपय कार्यकर्ताहरू अहिले बूढेसकालमा स्कूल गएर त्यहि छुटेको पूरानो शिक्षा पढिरहेका छन् !
२) अहिले फेरी एक्कासी नयाँ महावाणी आयो
शेयर बजार सामन्तीहरूको बजार हो !!!
तपाइले भने जस्तै कतिपय ले कल कारखाना पनि नखोल्या हो र कमरेड ? तर अनावश्यक रूपमा तपाइहरू ले यूनिएनहरू गठन गरेर हडताल गराइ गराइ साहुजी हरूकै बाह्र बजाएर उठिवास नै लगाइयो नि होइन र?
अब आफ्नै कुरा गरौ
फिल्म हल खोलौ भनेको त्यों फिल्म भन्ने
चिज पनि बिलासितामा पर्ला कि नपर्ला ?
सामन्तीहरूको लिष्ट मै परिएर भोलि फेरी अप्ठेरो पर्ला भनेर सोधेको मात्रै हो कामरेड!
कि ब्यूटी पार्लर खोलौ त?
हुन त धनाढ्यका बूढीहरू , छोरीहरू जाने ठा‘उ त्यो पनि पक्कै सामन्तबादी लगानि मै पर्छ होला ?
अब के मा लगानि गरौ त ?
अब ती खाइ नखाइ गरेर लहैलहै मा भएपनि लागेर ४७ लाख डिम्याट खाता खोलेका
नव सामन्तहरूलाइ चाहि के गर्ने त कमरेड ?
आफ्नो कमाइ लाइ कहाँ लगाउने त ?
ताकि हाम्रो लगानी सामन्तबादी लगानी नहोस !
प्लिज कमरेड भनिदिनु पर्यो!
तपाइको लगानि कहाँ छ ?
कि त्यहि लगानि गर्न प्रेरित गरिदिनु पर्यो ,
मलाइ त सामन्त हुने मन फिटिक्कै छैन के गर्ने होला ? कि यसो गरौ
बिदेशी बैकमै लगेर राखौ त कमरेड ?
त्यसो गर्दा कसो होला ?
जे जसरी हुन्छ मलाइ सामन्त हुन बाट बचाउनुस कमरेड म हातै जोड्छू!
म लगायत थुप्रै जनताले जय गा‘उने छन कमरेड!
लाल सलाम!!!


प्रतिक्रिया दिनुहोस !
विचार