Logo
१० असार २०८३, बुधबार
|  Thu Jun 25 2026

उत्तरी चीनको कोइला खानीमा फसेका कामदारहरूको उद्धार जारी


उत्तरी चीनको साङ्सी प्रान्तमा कोइला खानीमा फसेका २१ कामदारको उद्धार जारी छ । चार सय भन्दा बढी उद्धारकर्ताहरू उद्धारमा खानीतर्फ कुदिरहेको बताइएको छ । घटनास्थलमा थुप्रै पम्पहरू स्थापना गरिएको छ ।

शुक्रबार बिहान ६ बजेसम्म खाडलमा पानीको स्तर २.१ मिटरले घटेको जनाइएको छ । उद्धारकर्ताहरूले थप पम्पहरू जडान गरेर खाडलबाट प्रति घण्टा ३०० घन मिटरभन्दा बढी पानी निकाल्ने योजना बनाएका छन् ।

दुर्घटना सियाओई शहरको डुक्सिगो गाउँको कोइला खानीमा बुधबार राति करिब ११ बजे भएको थियो । प्रारम्भिक अनुसन्धान अनुसार दुर्घटनाको कारण अवैध उत्खनन रहेको बताइएको छ । न्यून तापक्रम र तीव्र हावाले खोजी र उद्धारलाई थप कठिन बनाएको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार