Logo
११ असार २०८३, बिहीबार
|  Thu Jun 25 2026

१२ देखि १७ वर्षका बालबालिकालाई आजदेखि कोरोनाविरुद्धको खोप लगाइदै


सरकारले आजदेखि सातै प्रदेशका ५७ जिल्लामा १२ वर्षदेखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाउँदैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि १४ पुससम्म मोडर्ना खोपको पहिलो मात्रा लगाउन लागेको हो ।

यसअघि फाइजर खोप दिन सुरु नगरिएका जिल्लाहरुमा मोडेर्ना खोप लगाउने निर्णय भएको छ ।फाइजर खोप दिन थालिएका जिल्लाहरुमा भने पुस १३ देखि २२ गतेसम्म यो अभियानलाई ब्यापक बनाईनेछ ।

फाइजर खोप लगाइने जिल्लाहरुमा काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, चितवन, सिन्धुली, डडेल्धुरा, सुर्खेत र कैलाली रहेका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार