उत्तर कोरियाले आफ्ना जनतालाई हाँस्न प्रतिबन्ध लगाएको छ। पूर्वसर्वोच्च नेता किम जो इलको दशौँ स्मृति दिवसका अवसरमा उत्तर कोरियाले ११ दिन शोक मनाउने भएको हो।इल वर्तमान सर्वोच्च नेता किम जो उनका पिता हुन्। सन् २०११ डिसेम्बर १७ मा इलको हृदयघातका कारण ७० वर्षको उमेरमा निधन भएको थियो।
आफ्ना पिताको निधन भएको दशौँ स्मृति दिवसको उपलक्षमा नेता उनले ११ दिन देशभरि शोक मनाउने निर्णय गरेका हुन्। उक्त अवधिमा हाँस्न मात्र नभएर मनोरञ्जनका कुनै पनि गतिविधि गर्न प्रतिबन्ध लगाइएको छ।
इलको निधन भएको दिन १७ डिसेम्बरमा खाद्यदेखि कुनै पनि वस्तु किनमेल गर्न प्रतिबन्ध लगाइएको थियो। त्योबाहेक यो ११ दिनमा मदिरा पिउन, जन्मदिन मनाउन पनि प्रतिबन्ध लगाइएको छ। इलको शोकमा बाधा पुग्ने भन्दै उक्त अवधिमा कसैको मृत्यु भएमा अन्तिम संस्कार गर्न तथा जोडले रुन पनि प्रतिबन्ध लगाइएको छ।








