पछिल्लो २४ घण्टामा नेपालमा थप २१९ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। देशभरमा एन्टिजिन र पीसीआर विधिबाट गरी ९ हजार ६७७ नमूना परीक्षण गर्दा आइतबार थप २१९ जनामा संक्रमण पुष्टि भएको हो।
यस्तै २८३ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै हाल सक्रिय संक्रमितको संख्या ४९०६ कायम भएको छ ।
पछिल्ला २४ घण्टामा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५८५ जना पुगेको मन्त्रालयले जनाएको छ ।





