Logo
४ श्रावण २०८३, सोमबार
|  Mon Jul 20 2026

आज पनि घट्यो शेयर बजार, कारोबार रकम तीन अर्बमा झर्‍यो


साताको तेस्रो कारोबार दिन मंगलबार शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अंकले घटेको छ । सोमबार उच्च अंकले घटेको नेप्से परिसूचक मंगलबार २.६६ अंकले घटेर २ हजार ५ सय १८ दशमलव ९९ अंकमा झरेको छ ।

कारोबार रकम पनि घटेको छ । दिनभर भएका ४२ हजार ५८ कारोबारबाट २३० कम्पनीका ५८ लाख २८ हजार ७८३ कित्ता शेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम ३ अर्ब १२ करोड ५५ लाख ७५ हजार ६३२ रुपैयाँ पुगेको छ ।

मंगलबार बैंकिङ, होटल तथा पर्यटन, बिमा कम्पनी, लघुवित्त लगायत समूहमा रहेका धेरै कम्पनीहरुको शेयर मूल्य घटेको छ । उता व्यापार, विकास बैंक, हाइड्रोपावर, फाइनान्स कम्पनी लगायतका कम्पनीहरुको शेयर मूल्य भने बढेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार