Logo
९ मंसिर २०८३, बुधबार
|  Wed Nov 25 2026

एक समाचार संस्थाका ६ जना पत्रकार पक्राउ


हङकङ प्रहरीले एउटा स्वतन्त्र समाचार वेबसाइटका ६ जना पत्रकारलाई पक्राउ गरेको छ ।‘देशद्रोही प्रकाशनहरू प्रकाशित गर्ने षड्यन्त्र’ गरेको आरोपमा स्ट्याण्ड न्युज अनलाइनका ३ महिला र ३ पुरुष पत्रकारलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा स्ट्याण्ड न्युजका पूर्व बोर्ड सदश्य समेत रहेका छन् । सो अनलाइनले देशद्रोही समाचारहरु प्रकाशित गरको आरोप हङकङ प्रहरीले लगाएको छ । सो अनलाइनको कार्यालयमा छापा मार्न करीब २ सय सुरक्षाकर्मी परिचालन गरिएको जनाइएको छ ।

प्रहरीले उक्त संचारगृहबाट महत्वपूर्ण कागजात समेत नियन्त्रणमा लिएको छ । पक्राउ परेका पत्रकारहरु दोषी प्रमाणित भएमा देशद्रोहको मुद्धा चलाइने हङकङ सरकारले जनाएको छ


प्रतिक्रिया दिनुहोस !
विचार