Logo
२८ श्रावण २०८३, बिहीबार
|  Thu Aug 13 2026

ओमिक्रोन थप फैलिन नदिन सम्बन्धित निकाय सतर्क रहनू: स्वास्थ्य मन्त्राल


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले नेपालमा कोभिड–१९ को पछिल्लो भेरियन्ट ओमिक्रोन फैलिन नदिन पूर्वतयारीका साथ रहन प्रदेश र स्थानीय सरकारलाई आग्रह गरेको छ ।

महाशाखाले आज एक सूचना जारी गर्दै ओमिक्रोन फैलिन नदिन सबै निकायले सतर्कता र पूर्वतयारीका साथ रहनुपर्ने जनाएको छ ।सबै तहमा जनस्वास्थ्यको पालना गर्न, समुदायमा जोखिम क्षेत्रहरू पत्ता लगाई परीक्षण दायरा बढाउन, कोभिड पहिचान भएकाहरूको उचित व्यवस्थापन गर्न, सीमा नाकाहरूमा प्रोटोकल अनुसारको परीक्षण तथा व्यवस्थापन गर्नलगायत निर्देशन दिएको स्वास्थ्य मन्त्रालयले जारी विज्ञप्तिमा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस !
विचार