Logo
१३ आश्विन २०८३, मंगलवार
|  Tue Sep 29 2026

नेप्से परिसूचक २६ सय माथि,साढे ४ अर्बको कारोबार


शेयर कारोबार मापक नेप्से परिसूचक २६ सय अंक माथि पुगेको छ । हिजो आइतवार ६० अङ्कले बढेको नेप्से आज ३२ दशमलव शून्य तीन अङ्कले बढेर दुई हजार ६ सय १६ दशमलव ९४ विन्दुमा पुगेको छ ।

आज उत्पादनबाहेक सबैजसो समूहको शेयर बढेको छ । माइक्रोफाइनान्स समूहको शेयर एक सय ४५ अङ्कले, जीवन बीमा समूहको ९३ अङ्कले, निर्जीवन बीमा समूहको ६१ र विकास बैंक समूहको शेयर ७३ अङ्कले बढेको छ ।

आज दुई सय ३० कम्पनीका ८२ लाख पाँच हजार कित्ता शेयर चार अर्ब ५३ करोड ३० लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको २८ करोड ४४ लाख रुपैयाँको शेयर किनबेच भयो ।आज मध्य भोटेकोसी जलविद्युत् कम्पनीको शेयर १० प्रतिशतले तथा गुराँस लघुवित्त कम्पनीको साढे नौ प्रतिशतले बढेको छ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार