Logo
२८ श्रावण २०८३, बिहीबार
|  Thu Aug 13 2026

मोबाइल फोन सिरानीमा राखेर सुत्नु हुन्छ ? ट्वाइलेटको ह्यान्डलमा भन्दा १८ गुणा ज्यादा ब्याक्टेरिया मोबाइल फोनमा


विश्वमा रहेका मानिसहरु मध्ये ९० प्रतिशत मानिसहरुले मोबाइल फोन प्रयोग गर्छन् । मोबाइल प्रयोगकर्ताहरु मध्ये अक्सर मानिसहरु राती सुत्ने बेलामा मोबाइल सिरानीमा राखेर सुत्ने गरेको पाइन्छ । सम्भवतः तपाई पनि राति निदाउने समयमा मोबाइल सिरानीमा नै राख्ने गर्नुहुन्छ होला । आज यो समाचार पढेपछि तपाइले अबका दिन बाट निदाउने समयमा फोन सिरानीमा राख्न खोज्दा एक पल्ट सोच्न बाध्य हुनुहुने छ । हामी सबैलाई थाहा भएको कुरा हो, मोबाइल फोन प्रयोग गरिसकेपछि होस् या लामो समय फोनमा कुरा गरिसकेपछि होस् हामीलाई एकैछिन रिंगाटा लाग्ने गर्दछ । कहिल्यै सोच्नु भएको छ , किन यस्तो हुन्छ ?

मोबाइल फोनबाट निस्किने रेडिएसन यति हानिकारक हुन्छ कि ट्वाइलेटको ह्यान्डलमा भन्दा १८ गुणा ज्यादा ब्याक्टेरिया मोबाइल फोनमा हुने गर्दछन् । यस कारण यी ब्याक्टेरिया हाम्रो दैनिकीमा अदृश्य रुपमा ज्यादा हानिकारक बनिरहेका हुन्छन् । मोबाइल फोन सिरानीमा राखेर निदाएको समयमा हामी निदाए पनि हाम्रो दिमाग सकृय नै रहन्छ । मोबाइल रेडिएसन सम्बन्धि अमेरिकाको एक अध्ययनका अनुसार , हाम्रो दिमागमा यस्ता सेलहरु पनि हुन्छन् जसलाई मोबाइल रेडिएसनले छिटै आक्रमण गर्ने सक्दछन् । यी रेडिएसनले दिमागमा खलबली मच्चाईदिन्छ जसले गर्दा दिमागका सेलहरु निष्क्रिय हुने गर्दछन् । यसले गर्दा साना –साना कुरा याद नहुने , भर्खरै भनेको कुरा बिर्सने झनक्क रिस उठ्ने जस्ता समस्याहरु हामीमा देखा पर्दछ । यस्ता समस्या बढ्दै गयो भने अन्तिममा मानसिक सन्तुलन बिग्रन सक्ने तथा ब्रेन ह्याम्ब्रेज जस्ता घातक रोगले गाल्न सक्दछ ।

हामीले कुनै पनि रोगको उपचार खोज्नु भन्दा पहिले रोग लाग्न नै नदिनु राम्रो हो । यसका लागि हामीले सकभर निदाउने समयमा मोबाइल सिरानीमा राख्ने बानीलाई त्यागौ । मोबाइल कहिल्यै पनि फुल चार्ज नगर्ने , कम्तीमा २० प्रतिशतभन्दा कम चार्ज नबनाउने गर्नुपर्दछ । राती मोबाइल चार्जरमा जोडेर छोड्ने बानी छ भने पनि त्यो बानीलाइ त्याग्नु पर्दछ । यसो गरिएमा मोबाइलबाट आउने रेडिएसनबाट टाढा बच्न सकिन्छ ।


प्रतिक्रिया दिनुहोस !
विचार