Logo
१३ असार २०८३, शनिबार
|  Sat Jun 27 2026

चिसोका कारण धनुषा र सप्तरीमा गरी दुईको मृत्यु


चिसो याम लागे सगैँ केही दिनयता देशभर अत्याधिक बढेको चिसो र शीतलहरका कारण धनुषा र सप्तरीमा गरी दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सप्तरीको महदेवा गाउँपालिका–४ का ६५ वर्षीय देवनारायण ठाकुर र धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ की ६० वर्षीया समुद्रीदेवी यादव रहेको प्रहरी कार्यलय धनुषाले जानकारी दिएको छ । धनुषामा मृत्यु भएकी यादवलाइ उपचारका लागि स्थानीय अस्पताल पु¥याएको भए पनि उपचारको क्रममा उनको मृत्यु भएको हो । यस्तै सप्तरीका ठाकुरलाई भने अस्पताल लैजान नपाउदैे मृत्यु भएको हो ।
नगराइन नगरपालिका, क्षिरेश्वरनाथ नगरपालिका, लक्ष्मीनियाँ गाउँपालिका, मुखियापट्टी गाउँपालिकाले भने सूचना जारी गरी विद्यालय बन्द गरेका छन् । चिसो बढ्दै गएपछि सामुहिक रुपमा टोलटोलमा दाउरा बालेर आगो ताप्ने क्रम भने बढेको पाइएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार