Logo
१७ भाद्र २०८३, बुधबार
|  Wed Sep 2 2026

प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वमा संवैधानिक इजलास गठन


aajako press aajako press

सर्वोच्च अदालतमा संसद भंग सम्बन्धमा परेका विभिन्न रिटहरुमाथि सुनुवाईका लागि प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वमा संवैधानिक इजलास गठन भएको छ ।

संवैधानिक इजलासमा न्यायधीसहरु दीपक कुमार कार्की, आनन्दमोहन भट्टराई, तेज बहादुर केसी र बम कुमार श्रेष्ठ रहेका छन् ।

अन्तरिम आदेशको माग गर्दै परेका विभिन्न १९ रिटसमेत बिहिबार आफ्नो एकल इजलासबाट प्रधानन्यायधीश चोलेन्द्र शम्सेर जबराले आफ्नो नेतृत्वमा संवैधानिक इजलास गठन गरेका छन् ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले जेठ ७ गते गरेको संसद भंगको निर्णयलाई बदर गर्न माग गर्दै सर्वोच्चमा विपक्षी दल तथा अधिवक्ताहरुले दायर गरेका रिटहरुमाथि आज संवैधानिक इजलासमा सुनुवाइ हुन लागेको हो ।


प्रतिक्रिया दिनुहोस !
विचार