Logo
१२ असार २०८३, शुक्रबार
|  Fri Jun 26 2026

संक्रमण बढेपछि जाडो बिदा एक महिना लम्ब्याउन निर्देशन दिने सीसीएमसीको तयारी


कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि शैक्षिक संस्थाहरुमा हिउँदे बिदा १५ दिनदेखि एक महिनासम्म थप गर्ने तयारी भएको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) मा विद्यालय तथा कलेजहरुमा अहिले जाडो बिदा हुने क्रम सुरु भएको छ ।

कोरोना भाइरसको संक्रमण पनि बढ्दो क्रममा देखिएकाले जाडो बिदालाई बढीमा एक महिनासम्म थप गर्ने गरी छलफल भइरहेको हो । सीसीएमसीकी प्रवक्ता सुनिता नेपालले भनिन्, ‘अहिले केही निर्णय भएको छैन । तर छलफल भने जारी छ । संक्रमण बढ्दै तथ्यलाई मध्यनजर गरेर जाडो बिदा १५ दिनदेखि एक महिनासम्म थप गर्ने विषयमा कुराकानी भइरहेको छ ।’

जाडो बिदा लम्ब्याएपछिको अवस्था पनि सुधार नभएमा थप के गर्ने भनेर छलफल हुने सीसीएमसीले जनाएको छ । विश्वका अधिकांश देशमा कोरोनाको तेस्रो लहर सुरु भएको छ, भने नेपालमा पनि संक्रमणदर बढ्दो छ ।


प्रतिक्रिया दिनुहोस !
विचार