Logo
११ असार २०८३, बिहीबार
|  Thu Jun 25 2026

नेपालमा ह्वात्तै बढे कोरोना संक्रमित, यस्तो छ पछिल्लो २४ घण्टाको विवरण


पछिल्लो २४ घण्टामा ११६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १२ हजार ६३२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये ६१५ जना काठमाडौं उपत्यकाका छन् । काठमाडौंमा ४९१, ललितपुरमा ९९ र भक्तपुरमा २५ जना छन् ।

यो अवधिमा २२४ जना निको हुँदा २ जनाले ज्यान गुमाएका छन् । हाल देशभर ६ हजार ७५५ जना सक्रिय संक्रमित छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार