तेस्रो लहरको सामना गरिरहेको भारतमा पछिल्लो २४ घण्टामा १ लाख ६८ हजार कोरोना संक्रमित थपिएका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार यही अवधिमा २७७ जनाको मृत्यु भएको छ । सोमबार १५ लाख ८० हजार जनामा परीक्षण गरिएको थियो ।
नयाँ संक्रमित थपिनेको संख्या अघिल्लो दिनको तुलनामा ६.४ प्रतिशत कम रहेको मन्त्रालयले जनाएको छ । सोमबार भारतमा झण्डै १ लाख ८० हजार संक्रमित थपिएका थिए ।
भारतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ४ लाख ८४ हजार भन्दा धेरै पुगेको छ । कोरोना भाइरसको तेस्रो लहरमा सबैभन्दा धेरै महाराष्ट्र राज्य प्रभावित भएको छ, जहाँ सोमबार ३३ हजार भन्दा धेरै संक्रमित भेटिएका थिए ।








